सुनकोशीमा बेपत्ता भएका थप एक जनाको शव भेटियो

सिन्धुली | जेठ २७, २०८०

सुनकोशीमा बेपत्ता भएका थप एक जनाको शव भेटियो

सिन्धुली:     सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाकै शव भेटिएको छ । हराइरहेका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका-५ मा सुनकोशी नदीको किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको हो ।


जेठ १९ गते भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो । 


जीपका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको थियो ।

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्